Skip

Hamro Sanchar

रवि लामिछाने आज नछुटेने, भोलि भैरहवा लगिने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, ३ गते


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भोलिमात्र जेलमुक्त हुने भएका छन् ।

जिल्ला अदालत रुपन्देहीमा पुगेर कागजात लिनुपर्ने रास्वपाका नेता हरि ढकालले जानकारी दिए ।

ढकालका अनुसार पूर्जी लिन लामिछाने भोलि भैरहवा जानेछन् । उच्च अदालत तुल्सीपुरले लामिछानेलाई रिहाइ गर्न आज आदेश दिएको थियो ।

उक्त आदेशसँगै नख्खु कारागारबाहिर रविलाई स्वागत गर्न भिड लागेको छ ।


प्रतिकृया दिनुहोस्