Skip

Hamro Sanchar

कागेश्वरीमा “मेयरसँग उद्यमशीलता कार्यक्रम” प्रभावकारी बन्दै, यस वर्ष २० कृषि सहकारी मार्फत सिताके च्याउ खेति गर्न आवेदन माग

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, ४ गते


काठमाडौं, पुस ४-कागेश्वरी मनोहरा नगरपालिकाले गत आर्थिक बर्ष २०८१/०८२ बाट नगरपालिकालाई सिताके च्याउ खेतीको हव बनाउने उदेश्यसहित संचालन गरिएको  मेयरसँग उद्यमशीलता कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

नगर प्रमुख उपेन्द्र कार्कीले आफ्नो नगर क्षेत्रलाई सिताके च्याउ खेतीको हव बनाउन चासो देखाएपछि गत आर्थिक बर्षबाट सुरु भएको “मेयरसँग उद्यमशीलता कार्यक्रम” ले यस बर्ष पनि निरन्तरता पाएको छ ।

“मेयरसँग उद्यमशीलता कार्यक्रम” अन्तर्गत गत बर्ष ५ वटा कृषि सहकारीहरूमा संचालन भएको सिताके च्याउ खेति यस बर्ष २० वटा फर्महरुमा संचालन गर्ने नगरपालिकाको लक्ष्य छ । सोहि अन्तर्गत बिहीबार नगरपालिकाले एक सुचना जारी गर्दै भनेको छ, “कागेश्वरी मनोहरा नगरपालिका सहकारी तथा उद्यम विकास शाखाले सञ्चालन गर्ने गरी बाहौ नगर सभा द्वारा स्वीकृत आ.व. २०७२/०७३ को नीति कार्यक्रम तथा बजेट अनुसार मेयरसँग उद्यमशिलता कार्यक्रम संचालन गर्ने भएकोले कागेश्वरी मनोहरा नगरपालिका भित्रका सहकारी संस्था तथा इच्छुक कृषि फर्महरुलाई उद्यमशिलता सम्बन्धी तपशिल बमोजिमका आवश्यक कागजातसहित सहकारी तथा उद्यम विकास शाखामा १५ (पन्ध्र) दिन भित्र प्रस्ताव पेश गर्नहुन अनुरोध गरिन्छ ।”

सहकारी तथा उद्यम विकास शाखा प्रमुख विश्वास ज्ञावालीका अनुसार ईच्छुक सहकारी संस्था तथा इच्छुक कृषि फर्महरुले आवेदनका साथ  सञ्चालक समितिको निर्णय, आर्थिक प्रस्ताव, कृषि फर्म दर्ता प्रमाण पत्र पेश गर्नु पर्ने छ । कृषि -सिताके च्याउ खेति – नगदे बालीलाई उद्यमशीलताको क्षेत्रमा राखिएको र यस कार्यक्रममा कृषि सहकारी, बहुउद्देश्यीय सहकारी, अन्य सहकारी र इच्छुक कृषि फर्महरुले सहभागिताका निम्ति आवेदन दिन सक्ने छन् ।

नगरपालिकाले यस वर्ष २० वटा सहकारीहरुलाई  सिताके च्याउ खेति गर्नका निम्ति ५० प्रतिशत अनुदान उपलब्ध गराउदै छ ।

मेयरसँग उद्यमशीलता कार्यक्रम अन्तर्गत नगरपालिकालाई सिताके च्याउ खेतिको हव बनाउने उदेश्यसहित गत आर्थिक बर्ष २०८१/०८२ मा ५ वटा कृषि सहकारीहरु, नव कान्तिभैरव बहुउदेसिय सहकारी, गणनायक कृषि सहकारी, करेसाबारी कृषि सहकारी, मिलिजुली दिदीबहिनी कृषि सहकारी तथा सिहंदेवी कृषि सहकारी सस्थाले नगरपालिकाको ५० प्रतिशत अनुदानमा सिताके च्याउ खेति गरेका थिए । अहिले ती सहकारीहरूले सिताके च्याउ उत्पादन गर्न सुरु गरिसकेका छन् ।


प्रतिकृया दिनुहोस्