
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शुक्रबार बिहानदेखि अहिलेसम्म पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (आन्तरिकतर्फ)नै रोकिएका छन् । भैरहवाको मौसम खराब हुँदा लामिछाने काठमाडौँमै रोकिएका हुन् ।
बिहीबार उच्च अदालत बुटवल तुलसीपुरले थुनाबाहिर बसेरै मुद्दा लड्न पाउने आदेश गरेसँगै लामिछाने आज अदालत उपस्थित हुन जहाजमार्फत भैरहवा जान लागेका छन् ।
बिहान ७:५५ बजेको उडान भनिए पनि अहिलेसम्म उडान भएको छैन ।


















