Skip

Hamro Sanchar

मधेशका मुख्यमन्त्री आज विश्वासको मत लिँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, ४ गते


काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभामा विश्वासको मत लिँदैछन् ।

प्रदेश सभाका सचिव बासुप्रसाद कोइरालाका अनुसार दिउँसो ४ बजे प्रदेश सभाको बैठक बस्दैछ । बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत माग्ने कार्यक्रम छ ।

यादव गत मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री भएको १५ दिनपछि उनले विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।


प्रतिकृया दिनुहोस्