काठमाडौं, पुस ९- सामाजिक सञ्जालमा यतिबेला दुई बालक वैदेशिक राजेगारीको सिलसिलामा विदेश जान लागेको भन्दै फोटो भाइरल बनेको छ ।
यति सानै उमेरमा उनीहरु कसरी किन विदेश जान लागेका होलान भन्दै धेरैलाई जिज्ञासा उत्पन्न भएको छ । फोटोमा देखएिका उनीहरु रुकुम पश्चिमका टेकराज विक र शिवलाल ओली रहेको पाइएको छ ।
उनीहरु मलेसिया जाँदैगर्दा काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा फोटो खिचिएको हो । गरिबीको चपेटाबाट माथि उठ्न र परिवार पाल्नकै लागि उनीहरु विदेश गएको बताइएको छ ।
उनीहरूको कलिलो अनुहारले १८ वर्ष पूरा पनि भएका देखिँदैन । स्थानीयकाअनुसार उनीहरूले भर्खरै १६ वर्ष टेके । तर विदेश जानकै लागि उमेर बढाएर नागरिकता लिएका थिए ।
बुधबार मलेसिया उडेका उनीहरुले भोलिपल्ट बिहीबारैबाट काम थालेका छन् । एक पोल्टीफर्ममा काम गरिरहेको टेकराजका दाइ नाता पर्ने विजय तिरुवाले बताए । उनीहरू कुखुराको हेरचाह गर्ने, खाना खुवाउने काम गरिरहेका छन् ।