Hamro Sanchar

केपी ओली भन्छन् : साहित्य बैँसको लहर होइन

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, ८ गते


Advertisement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यलाई हलुका रूपमा नबुझ्न आग्रह गरेका छन् । पोखरा साहित्य महोत्सवमा आफ्नो गैरराजनीतिक व्यक्तित्वबारे पत्रकार तथा लेखक अखण्ड भण्डारीले राखेको जिज्ञासामा उनले यस्तो बताएका हुन् । ‘साहित्य बैँसको लहर होइन,’ उनले भने ।

भण्डारीले ‘बैँसमा एकपटक कम्युनिष्ट र कवि जोसुकै हुन्छन् भनिन्छ, हो रु’ भनेर सोधेका थिए । त्यसमा ओलीले भने, ‘यो गलत व्याख्याता हो ।’ उनको प्रतिप्रश्न थियो, ‘कवि हुनु भनेको बैँसको लहर हो र रु’उनले सताब्दी पुरुष सत्यमोहन जोशी, माधवप्रसाद घिमिरे, वैरागी काइँलालगायतका साहित्यकारहरू सबैका ‘तिर्थ’ भएकोसमेत बताए ।


प्रतिकृया दिनुहोस्