काठमाडौं । अमेरिकी राजदूत डिन आर थम्पसले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेट गरेका छन् । बुधबार राप्रपा केन्द्रीय कार्यालय धुम्बाराही पुगेर उनले लिङ्देनसँग भेट गरेका हुन् ।
भेटमा राजदूत थम्पसनले अध्यक्ष लिङ्देनलाई प्रतिनिधिसभाको सदस्य पदमा बिजयी भएकोमा र हालैको निर्वाचनमा राप्रपाले सम्मानजनक उपलब्धि हासिल गरेकोमा बधाई दिएका छन् । साथै, भेटका क्रममा समसामयिक विषय र दुई पक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो ।