Hamro Sanchar

संसदीय दलको नेतामा विजयी भएपछि देउवाले भने : अब पार्टीमा सबैलाई मिलाएर लैजान्छु

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, ६ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा विजयी भएपछि शेरबहादुर देउवाले अब पार्टीलाई राम्ररी अगाडि बढाएर लैजाने बताएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छोटो प्रतिक्रिया दिँदै उनले भने, अब पार्टीलाई राम्ररी अगाडि बढाएर लैजान्छौँ, सबैलाई मिलाएर लैजान्छौँ ।

देउवाले दलको निर्वाचनमा ६४ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी महामन्त्री गगन थापाले २५ मत पाए। देउवा ३९ मतको अन्तरमा विजयी भएका छन् । उनी यो जितसँगै अब छैटौँ पटक प्रधानमन्त्री हुने दौडमा छन् । देउवाले यसअघि नै पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट कांग्रेसकै नेतृत्वमा सरकार बनाउने निर्णय गराइसकेका छन् । देउवा यसअघि २०७८ असार २८ गते पाँचौँ पटक प्रधानमन्त्री भएका थिए। अब उनी छैटौँ पटकको प्रधानमन्त्री पदको दौडमा अगाडि देखिएका छन् ।


प्रतिकृया दिनुहोस्