Hamro Sanchar

सरकारले असंवैधानिक र अलोकतान्त्रिक अध्यादेश तत्काल फिर्ता लिनुपर्छ : गगन थापा

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ मंसिर, २६ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई छुटाउने गरी सरकारले ल्याउन लागेको अध्यादेशको विरोध गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् राख्दै थापाले अध्यादेश असंवैधानिक, अलोकतान्त्रिक र संसदीय व्यवस्थाको मर्म विपरित रहेको भन्दै तत्काल फिर्ता लिन सरकारको ध्यानाकर्षण गरेका छन् ।

उनले लेखेका छन् ‘पार्टीभित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ, न कुनै निर्णय नै । त्यसैले विगतमा पार्टीको अडान जे थियो आज पनि त्यहि छ, ‘यो अध्यादेश कानूनी, राजनीतिक र नैतिक हिसाबले समेत गलत छ । यो असंवैधानिक र संसदीय व्यवस्थाको मर्म विपरीत छ ।’

कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माको भनाइप्रति समर्थन जनाउँदै पाले यो शर्मा र आफ्नो मात्र नभई पार्टीकै धारणा भएको समेत बताएका छन् । यसअघि महामन्शर्माले अध्यादेशलाई गलत भन्दै अध्यादेश ल्याउनुमा कानुनी र राजनीतिक प्रश्न मात्र नभई यो प्रकरणमा नैतिक प्रश्नसमेत जोडिएको बताएका थिए ।

त्यसमा समर्थन जनाउँदै थापाले अदालतमा विचाराधीन मुद्दालाई सरकारले फिर्ता लिन नसक्ने बताएका छन् । उनले भनेका छन्, ‘यो राजनीतिक विषय हो भन्ने लागेर आवश्यकता देखे नयाँ संसदले कानून बनाएर प्रक्रिया अघि बढाउन सक्छ ।’आइतबार बसेको मन्त्रिपरिषद् बैठकले रेशम चौधरीलगायतलाई जेलबाट छुटाउनका लागि मुलुकी फौजदारी संहिता संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको थियो ।


प्रतिकृया दिनुहोस्