Hamro Sanchar

परराष्ट्रमन्त्री नारायण खड्का उदयपुर १ बाट निर्वाचित

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ मंसिर, १४ गते


Advertisement

काठमाडौं । उदयपुर-१ बाट प्रतिनिधिसभा सदस्यमा डा.नारायण खड्का निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार खड्काले नेकपा एमालेकी मञ्जु चौधरीलाई २३७९ मतान्तरले पराजित गरेका हुन् ।

परराष्ट्रमन्त्री समेत रहेका खड्काले ३१ हजार २७० मत पाएका छन् । एमालेकी चौधरीले २८ हजार ८९१ मत पाइन् । राप्रपाका धुर्वकुमार रायमाझीले ३९१५ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उध्दव अधिकारीले ३४०८ मत पाएका छन् ।


प्रतिकृया दिनुहोस्