Hamro Sanchar

सुनसरी ३ मा एमालेकी भगवती चौधरीको जित पक्का

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ मंसिर, १३ गते


Advertisement

सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले निरन्तर अग्रता लिइरहेकी छन् । ९२ हजार ५ सय मत खसेकोमा अहिलेसम्म ८४ हजार दुई सय १८ मत गणना भइसकेको छ। बाँकी मतगणना जारी छ ।

अहिलेसम्म एमालेकी भगवतीले ३७ हजार ४ सय २० मतसहित अग्रता लिइरहेकी छन्। यहाँ नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार पछि परेका छन् । गच्छदारले ३२ हजार एक सय १ मत ल्याएका छन् ।

यहाँ एमालेकी भगवती ५ हजार तीन सय १९ मतान्तरसहित अघि छिन्। अब ८ हजार २ सय ८२ मत गन्न बाँकी छ।


प्रतिकृया दिनुहोस्