Hamro Sanchar

प्रचण्डको दाबी : स्वतन्त्रले देश चलाउन सक्दैनन्

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ मंसिर, ४ गते


Advertisement

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वतन्त्रहरुले देश चलाउन नसक्ने दाबी गरेका छन् । केही ठाउँमा स्वतन्त्र उम्मेदवारको पक्षमा वातावरण देखिए पनि उनीहरूले देश चलाउन नसक्ने दाबी गरेका हुन् ।

गोरखा क्षेत्र नम्बर २ मा गठबन्धनका उम्मेदवार रहेका प्रचण्डले आज आइतवार ठाटीपोखरीमा पत्रकारसँग कुरा गर्दै स्वतन्त्र उम्मेदवारले चुनावी अङ्कगणितमा पनि खासै फरक नपार्ने बताएका हुन् । तर स्वतन्त्र उम्मेदवारप्रति देखिएको लहरले पुराना दललाई सचेत भने गराएको उनको भनाइ छ ।

चुनावमा सत्ता गठबन्धनको बहुमत आउने दाबी गर्दै प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहितका पदको भागबन्डामा गठबन्धनभित्र समस्या नरहेको पनि बताएका छन् ।


प्रतिकृया दिनुहोस्