Hamro Sanchar

विप्लव कार्यकर्ताद्वारा चितवनमा मतपेटिका जलाउने प्रयास, चल्यो ३ राउन्ड गोली

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ मंसिर, ४ गते


Advertisement

चितवन । चितवनको राप्ती नगरपालिकामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कार्यकर्ताहरुले मतपेटिका जलाउने प्रयास गरेका छन् ।

आइतवार बिहान ८ बजेतिर राप्ती नगरपालिका–८, खिर्कीस्थित ब्रहम्सथानी विद्यालय मतदानस्थलमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मतपेटिका जलाउन प्रयास गरेका थिए ।

त्यसक्रममा प्रहरीले ३ राउन्ड गोली चलाएको थियो । प्रहरीले हानेको गोली लागेर विप्लवका एकजना कार्यकर्ता घाइते भएका छन् । घटनापछि मतदानस्थल तनावपूर्ण हुँदा दुई घण्टा मतदान स्थगित भएको छ । नेपाल प्रहरीकी बागमती प्रदेश प्रमुख डीआईजी किरण बज्राचार्यले मतदान बिथोल्न खोजेपछि तीन राउन्ड गोली चलाइएको बताएकी छन् ।

त्यसक्रममा एकजनालाई गोली लागेको हो । प्रहरीले गोली चलाएपछि विप्लवका कार्यकर्ताहरु भागेका छन् ।


प्रतिकृया दिनुहोस्