Hamro Sanchar

विकासका नाममा स्थानीयको उठिबास हुँदैन : विष्णु पौडेल

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ कात्तिक, २७ गते


बुटवल । रुपन्देही क्षेत्र नं.२ का नेकपा एमालेका उम्मेदवार विष्णु पौडेलले विकासको नाममा कसैको उठिबास नहुने दाबी गरेका छन् । मोतीपुर औद्योगिक क्षेत्र, तिनाउ दानव करिडोरलगायत विकास योजना अगाडि बढ्दा त्यस क्षेत्रका नागरिकले घरबास जाने चिन्ता गरिरहेका बेला उनले कुनै पनि नागरिकको घरबार खोसेर विकास योजना अगाडि नबढाउने बताए ।

उनले भने ‘मोतीपुर औद्योगिक क्षेत्र र तिनाउ दानव करिडोर दुवै विकास योजनाले नागरिकलाई आफ्नो स्थान छाडेर हिँड्ने गराउने छैनन् । बस्ती नहटाउने प्रतिबद्धता छ,’ ‘ विकासका नाममा स्थानीयको उठिबास हुँदैन ।’

आइतबार रुपन्देहीको सैनामैनामा आयोजित चुनावी प्रचार कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले परनिर्भर अर्थतन्त्रले मुलुक धरापमा परेको बेला ठूला परियोजनाहरू समयमा सक्न सकेर उपयोग गर्न सकेमात्र मूलक समृद्ध बन्ने बताएका छन् ।

पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले स्वदेशी उद्योगको प्रवर्द्धन गरी व्यापार घाटा कम गर्न र मुलुकको अर्थतन्त्र बलियो बनाउन स्वदेशी उद्योगको प्रवर्द्धन, युवा र महिला उद्यमशीलता आवश्यक रहेको बताए । उनले औद्योगिक विकास र ठूला परियोजना निर्माणले युवाहरूलाई रोक्न र व्यापार‚ व्यवसाय उकास्न सकिने दाबी गरेका छन् ।


प्रतिकृया दिनुहोस्