काठमाडौं । देशभर चिसो बढ्दै गएको छ। सबैजसो क्षेत्रमा न्यूनतम तापक्रम घट्ने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यो वर्षको सबैभन्दा कम विन्दुमा झरेको छ। बिहानको तापक्रम ९ दशमलब ७ डिग्री सेल्सियस मापन गरिएको छ।
तापक्रम घट्दै जाँदा हिमाली भू-भागका हिमपात हुन थालेको छ। शनिबार पनि केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। त्यसैले पर्वतारोहण र पद यात्रा गर्दा विषेश सावधानी अपनाउन उसले आग्रह गरेको छ। शनिबार देशका पहाडी भू-भागमा आज बिहान आंशिक बदली रहेको छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।