Hamro Sanchar

सालकको खपेटासहित २ जना पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ कात्तिक, २३ गते


काठमाडौं । नेपाल प्रहरीले दुर्लभ वन्यजन्तु सालकको खपटासहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौँ महानगरपालिका-२६ गोङ्गबु चोकबाट रामेछाप दोरम्बा गाउँपालिका-७ थापागाउँ घर भएका ३८ वर्षीय प्रेमबहादुर विक र खोटाङ अर्खल गाउँपालिका-९ घर भएका २१ वर्षीय अर्जुन मगरलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

प्रहरीले उनीहरुसँग १० किलोग्राम ५ सय ग्राम सालकको खपटा बरामद गरेको छ । यस्तै, विकले प्रयोग गर्ने बा ५८ प ८३३७ नंको मोटरसाइकल र मगरले प्रयोग गर्ने बागमती प्रदेश ०२-०२८ प ७६७२ नंको मोटरसाइकल बरामद गरेको प्रहरीको भनाइ छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्