Hamro Sanchar

जन्मथलोबाट सुरु गरे नरबहादुर श्रेष्ठले चुनावी अभियान, गरे यस्तो प्रतिबद्धता

प्रकाशित : २०७९ असोज, ३० गते


Advertisement

दोलखा, असोज ३०- नेकपा एमालेको तर्फबाट प्रदेशसभा दोलखा ‘क’ का उम्मेदवार नर बहादुर श्रेष्ठले आफ्नै जन्मथलोबाट चुनावी अभियान सुरु गरेका छन् । श्रेष्ठले शनिबार जन्मथलो मेलुङ गाउँपालिका वडा नम्बर–४ भेड्पुको लामाटार पिपलबोटको चौताराबाट चुनावी अभियान सुरु गरेका हुन् ।

प्रदेशसभा सदस्यको उम्मेदवार बनेपछि पहिलो पटक जन्मथलो पुगेका श्रेष्ठलाई आफ्नो वंशका जेष्ठजन काका पहल बहादुर श्रेष्ठले दही खुवाएर जितको लागि आर्शीवाद दिएका थिए ।

श्रेष्ठले आफू २०५४ मा तत्कालिन भेड्पु गाविसको अध्यक्ष, २०७४ मा गाउँपालिका अध्यक्ष र २०७८ मा नेकपा एमाले जिल्ला कमिटी अध्यक्षको उम्मेदवार बनेपछि चुनावी अभियान सोहि पिपलबोटको चौतारोबाट शुरु गरेर विजयी भएको बताए । यस पटक पनि आफ्नै जन्मथलोबाट चुनावी अभियान शुरु गर्नुभएका श्रेष्ठले आफ्नो जित हुने दाबी गरेका छन् ।

नेकपा एमाले दोलखा जिल्ला अध्यक्षसमेत रहेका श्रेष्ठले दोलखाको गरीबी र अभाव विरुद्धमा लड्नका लागि एमाले तयार रहेको बताउँदै प्रतिनिधि सभा र प्रदेश सभामा एमाले उम्मेद्वारलाई मतदान गरेर विजयी गराउन आव्हान गरे । भने आफू निर्वाचित भएपछि स्थानीय तहलाई सक्षम र सबल बनाउन नीतिगत व्यवस्था गर्ने र विकास निर्माणलाई जोड दिएर सुगम क्षेत्रको रुपमा स्तरोन्नती गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।


प्रतिकृया दिनुहोस्