काठमाडौं, असोज २१- शुक्रबार बसेको सत्ता गठबन्धनको बैठकमा जनता समाजवादी पार्टी (जसपा) अनुपस्थित भएको छ ।
प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्न २ दिन बाँकी रहँदा पनि सत्ता गठबन्धनका दलहरूबीच सिट बाँडफाँटमा कुरा मिल्न सकेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा सत्ता गठबनधनको बैठक जारी छ । बैठकमा जसपाका नेता अनुस्थित छन् ।
जसपाले सत्ता गठबन्धनसँग तालमेल नगरेर नेकपा एमालेसँग चुनाबी तालमेलका लागि छलफल अघि बढाएको छ । तर एमालेसँग पनि उसको सहमति भने हुन सकेको छैन ।
बिहिबारको बैठकमा जसपाका अध्यक्ष उपेन्द्र यादव बालुवाटार बैठकको बीचैमा निस्किएपछि सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको थियो । २५ सिटको अडानमा अडिएको जसपालाई गठबन्धनको तर्फबाट १६ सिट भन्दामाथि दिन नसकिने बताएपछि उसले एमालेसँग तालमेल गर्न छलफल गरेको छ । सत्ता गठबन्धनको बैठकमा नगएपछि कतिपयले जसपा सत्ता गठबन्धनबाट बाहिरिन खोजेको अनुमान गरेका छन् ।