Hamro Sanchar

गोठाटारमा व्यवसायीको हत्या गर्नेहरु ३ दिनदेखि यहि होटलमा बसेका थिए

प्रकाशित : २०७९ असोज, ४ गते


Advertisement

काठमाडौं, असोज ४- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ को गोठाटारमा गोली हानेर व्यवसायीको हत्या गर्नेहरु ३ दिनदेखि नजिकैको होटलमा बसेको खुलेको छ ।

व्यवसायी ५५ वर्षीय लाल मोहम्मद भन्ने मोहमम्द दर्जीलाई गोली हान्नेहरु घटनास्थलबाट चार सय मिटर अगाडिको कोशीपारि गेष्ट हाउसमा बसेको पाइएको हो । गोली हान्ने समूहमा ३ जना रहेको पनि प्रहरीले जनाएको छ ।

तीमध्ये एकजनाले होटलमा कोठा लिएका थिए । स्रोतका अनुसार ती व्यक्ति भेट्न घटनामा संलग्न अन्य दुईजना नियमित जसो आउने गरेका थिए ।

सोमबार साँझ गोठाटार कृष्ण मन्दिर नजिकै अज्ञात व्यक्तिले सर्लाही हरिवन–२ का ५५ वर्षीय लाल मोहम्मद भन्ने मोहम्मद दर्जीमाथि गोली हानेका थिए । उनको शरीरमा ४ राउन्ड गोली प्रहार भएको प्रहरी जनाएको छ । घटनास्थलबाट प्रहरीले एउटा पेस्तोल पनि बरामद गरेको छ ।

गोली हान्ने समूहले एक महिनादेखि लाल मोहम्मदलाई पछ्याइरहेको पाइएको पनि प्रहरीले जनाएको छ ।

मोहम्मदको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो । मोहम्मदले गोठाटारमै एभेन्जर इन्टरप्राइजेज गार्मेन्ट सञ्चालन गर्दै आएका थिए ।

लेनदेनका कारण केही व्यक्तिले धम्की दिएको र आफू असुरक्षित भएको भन्दै लाल मोहमदले एक महिनाअघि नै प्रहरी बिट जम्मु डाँडामा निवेदन दिएका बुझिएको छ ।

यो पनि पढ्नुहोस्कागेश्वरी मनोहराको गोठाटारमा गाेली हानेर एक ब्यावसायीकाे हत्या, को हुन् उनी ?


प्रतिकृया दिनुहोस्