आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

आजदेखि एमडिएमएस लागू हुने, अवैध रूपमा भित्राइएका मोबाइल नचल्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ भदौ, ३० गते


Advertisement

काठमाडौं, भदौ ३०- नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) को सफ्ट लञ्च गर्ने भएको छ । प्राधिकरणले आज (विहिबार) सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, सञ्चार सचिव वैकुण्ठ अर्याल, भन्सार विभागका महानिर्देशक, अर्थ मन्त्रालय प्रतिनिधि लगायतको उपस्थितिमा एमडिएमएस सार्वजनिक गर्ने भएको हो ।

प्राधिकरणले नेपालमा अनधिकृत रूपमा वा गैरकानुनी रूपमा मोबाइल फोनहरू आयात हुने समस्यालाई नियन्त्रण गर्न एमडिएमएस लागू गर्न लागेको हो । उक्त प्रणाली लागू भएपछि वैध रूपमा आयातित मोबाइल फोनहरूको मात्रै चल्छ ।

आजसम्म नेपालमा विविध तरिकाले भित्रिएका सबै फोनलाई हामीले ह्वाइट लिस्टमा राखिसकेका छौं । तर एमडिएमएस लागू भएपछि अवैध रूपमा भित्रिने फोनहरूलाई हामीले ब्लक नै गर्ने योजना छ, प्राधिकरणका एक अधिकारीले जानकारी दिए ।

उनका अनुसार प्राधिकरणले त्यसरी अवैध रूपमा भित्रिएका फोनहरूलाई रजिस्टर गर्न एसएमएसमार्फत १५ दिनको समय दिनेछ । १५ दिन भित्र रजिस्टर नभएको खण्डमा भने त्यस्ता फोनलाई ब्लक गरिनेछ ।


प्रतिकृया दिनुहोस्