दाङ, भदौ २८- रोल्पामा टिकटक बनाउने क्रममा खोलामा खसेर बेपत्ता भएकी एक किशोरीको शव फेला परेको छ ।
सुनिल स्मृति गाउँपालिका वडा नं. ४ सुलीचौरकी १४ वर्षीया फरिदा खातुनलाई सोमबार तीन बजेतिर स्थानीय फगाम खोलाले बगाएको थियो । खातुन आफ्ना अन्य दुई साथीका साथमा खोला किनारको बालुवामा खेल्न गएकी थिइन् । खातुन टिकटक बनाउने क्रममा खोलामा खसेको र त्यसपछि आउन नसकेको प्रहरीले बताएको छ ।
सोमबार दिउँसोदेखि नै खातुनको खोजी भए पनि उनलाई फेला पार्न नसकिएको जिल्ला प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेले बताए ।
उनको शव दिउँसो साढे २ बजेतिर सुनिल स्मृति गाउँपालिका वडा नं. २ खुङ्ग्रीस्थित सोनु पेट्रोल पम्पनजिकै खुङ्ग्री खोला किनारमा शव फेला परेको हो ।
उनको शव पोष्टमार्टमको लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।