Hamro Sanchar

भिमेश्वर नगरपालिकाको सरसफाइ अभियानमा होटल तथा पर्यटन ब्यावसायीको साथ

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ भदौ, २६ गते


Advertisement

दोलखा, भदौ २६- भिमेश्वर नगरपालिकाले संचालन गर्दै आएको सप्ताहव्यापी सरसफाइ अभियानमा दोलखा जिल्ला होटल तथा पर्यटन ब्यावसायी संघले साथ दिएको छ ।

‘स्वच्छ भिमेश्वर नगर, सफा शहर’ नारा लिएर नगरपालिकाले प्रत्येक हप्ताको आइतबार सरसफाइ अभियान संचालन गर्दै आइरहेको छ ।

नगरप्रमुख इश्वर मानन्धर र उपप्रमुख कमला बस्नेतको नेतृत्वमा भएको उक्त अभियानमा संघका पदाधिकारीसहित १० जनाको टीमले बिहान ७ बजेदेखि १० बजेसम्म बजारका बिभिन्न स्थानमा सरसफाइ कार्यक्रम गरेको संघका अध्यक्ष बिष्णु थापाले हाम्रोसंचारलाई जानकारी दिए ।

नगरपालिकाको सरसफाइ अभियानमा संघ अब निरन्तर जुट्ने अध्यक्ष थापाले बताए ।


प्रतिकृया दिनुहोस्