Hamro Sanchar

उच्च अदालत जाँदै पल शाह

प्रकाशित : २०७९ भदौ, २२ गते


काठमाडौं, भदौ २२- अभिनेता पल (पूर्णविक्रम) शाह जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन गर्ने भएका छन् ।

नाबालिक बलात्कार अभियोग लागेका शाहलाई मंगलबार नवलपुर जिल्ला अदालतले यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिना कैद, २५ हजार जरिवाना र १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो ।

अदालतको पूर्णपाठ आउनै वित्तिकै पुनरावलोकनको जाहेरी दर्ता गर्ने तयारीमा आफूहरु रहेको पलका वकिल कमलामोहन वाग्लेले बताएका छन् ।


प्रतिकृया दिनुहोस्