
काठमाडौं, भदौ ८- कुवेतमा फेरी एक नेपाली युवाको उपचारको क्रममा मृत्यु भएको छ । बाराको सिमरा घर भएका जीवन लामाको कुवेतको आदान अस्पतालमा मृत्यु भएको हो ।
३१ वर्षिय लामाको हिजो (मंगलबार) उपचारकै क्रममा मृत्यु भएको हो । लामाको मृत्यु हुनुको कारण भने पुष्टि हुन सकेको छैन खबर नभए । तर उनि पनि ज्वरो बिग्रीए पछी अस्पताल पुगेका थिए ।
लामा सन् २०१७ मा कुवेत आएको देखिएको देखिए पनि केही समय देखी कम्पनीबाट भागेर अन्यत्रै काम गर्दै आएका थिए ।
मृतकको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरेर नेपाल पठाउने तयारी भइरहेको कुवेतस्थित नेपाली राजदूतावासले जनाएको छ ।