Hamro Sanchar

काठमाडौं मल र आरबी कम्प्लेक्समा महानगरले डोजर चलायो

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ भदौ, ८ गते


Advertisement

काठमाडौं, भदौ ८- काठमाडौं महानगरपालिकाले सुन्धारामा रहेको काठमाडौं मल र खिचापोखरी स्थित आरबी कम्प्लेक्सको अनधिकृत संरचना डोजर लगाएर भत्काएको छ । महानगरले नक्सा पासभन्दा बाहिर गएर मलले बनाएका संरचना भत्काएको हो ।

बिहान मेयर बालेन्द्र साह (बालेन)को उपस्थितिमा डोजरसहितको टोलीले अनधिकृत संरचना हटाएको हो । त्यस्तै नेपाल प्रहरी र महानगरपालिकाको प्रहरी टोली पनि खटिएको थियो ।

३५ दिने सूचनाको अटेर गरेपछि महानगरले अवैध संरचना खडा गरेर बनाइएका पसल हटाएको हो ।

यसअघि गत सोमबार महानगरले बानेश्वर क्षेत्रमा अनाधिकृत संरचना भत्काउनुको साथै पार्किङका लागि बनेको संरचना सोही प्रयोजनमा प्रयोग गर्न निर्देशन दिएको थियो ।


प्रतिकृया दिनुहोस्