Hamro Sanchar

भारतबाट फेरि प्रतिलिटर १६ रूपैयाँ घटेर आयो पेट्रोलको मूल्य

प्रकाशित : २०७९ साउन, १६ गते


Advertisement

काठमाडौं, साउन १६- इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि आइओसीले नेपालका लागि पनि मूल्य घटाएर पठाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा प्रति ब्यारेल (१५९ लिटर) कच्चा तेलको मूल्य (ब्रेन्ट क्रुड आयल) १०३ डलरमा कारोबार भइरहेको छ । गत वर्ष फागुन २४ मा कच्चा तेलको मूल्य हालसम्मकै उच्च, प्रति ब्यारेल १२३ डलरभन्दा धेरै थियो । त्यो बेलाको भाउभन्दा अहिले करिब २० डलर कम भइसकेको छ ।

यसैअनुसार आइओसीले सोमबार नेपाललाई नयाँ मूल्य पठाएको छ । निगमका अनुसार सोमबार प्राप्त मूल्य सूचीअनुसार डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको छ ।

विश्व बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि आइओसीले अहिलेसम्म दुई पटक मूल्य घटाएर पठाएको छ ।

१५ दिन अघि पनि आइओसीले पेट्रोलमा प्रतिलिटर १५ रूपैयाँ ७६ पैसा र डिजेलमा १६ रूपैयाँ ५६ पैसा घटाएर पठाएको थियो । त्यो समयमा भारतबाट मूल्य घटेर आएपनि आयल निगमले भने मूल्य घटाएको थिएन ।


प्रतिकृया दिनुहोस्