Hamro Sanchar

साफ यु-२० च्याम्पियनसिप : भारतसँग नेपालको लज्जास्पद हार

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ साउन, १६ गते


Advertisement

काठमाडौं, साउन १६- साफ यु-२० च्याम्पियनसिप फुटबलमा नेपालले साविक विजेता भारतविरूद्ध लज्जास्पद हार ब्यहोरेको छ ।

भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा आइतबार राति भएको खेलमा भारतले नेपाललाई ८–० ले पराजित गरेकाे हाे । भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगोई र टाइसन सिंहले २ -२ गोल गरेका थिए । त्यस्तै हिमान्सु जान्ग्रा, टन्कधर बाग, गुर्किरात सिंह र सुभो पाउलले १-१ गोल थपेका थिए ।

पहिलो हाफमा १ गोल मात्रै गरेको भारतले दोस्रो हाफमा ७ गोल थपेको हो । जारी प्रतियोगितामा नेपालको यो पहिलो हार हो भने भारतको दोस्रो जित हो । यो खेलसँगै फाइनल प्रवेशको दौड कठिन बनेको छ । समूहका तीन खेलबाट ९ अंकसहित बंगलादेश शीर्ष स्थानमा रहेको छ ।

भारत र नेपालको समान ६–६ अंक रहेकाे छ । अब प्रतियोगिताको फाइनलमा पुग्न नेपालले समूहको अन्तिम खेलमा बंगलादेशलाई हराउनुपर्ने हुन्छ ।


प्रतिकृया दिनुहोस्