
कुवेत, साउन १०- कुवेतमा कपिलवस्तुका बिशाल कुँवरकाे निधन भएको छ । वैदेशिक रोजगारका लागि कुवेत आएका बिशाल कुँवरकाे हृदयघातका कारण निधन भएको हो ।
कपिलवस्तु, बाणगंगा- १ पिपराका कुँवरकाे गत जुलाई तारिखमा निधन भएको हाे ।
कुवेतको मामा मावाहेब रेष्टुरेन्टमा कार्यरत कुँवर केहि समयदेखि अवैध रुपमा अन्यत्रै काम गर्दै आइरहेको बुझिएको छ ।
कुवेतस्थित नेपाली राजदूतावासले शव स्वदेश पठाउन कानूनी प्रक्रियाका काम भईरहेको बताएको छ । यस्तै दुतावासले मृतकका परिवारलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।