Hamro Sanchar

प्रहरी महानिरीक्षक सिंहको निर्देशनमा खानी संचालक माथी ज्याजति

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ साउन, ९ गते


Advertisement

जाजरकोट, साउन ९- जाजरकोट जिल्लामा पाइने विभिन्न किसिमका रत्नपत्थर काइनाइट, टुरमालिन, क्वार्ज, हेजोनाइट गार्नेट, एल्मोन्डाइन गार्नेट र अक्वामेरिन आदि रहेका छन् । जसमध्य जाजरकोट जिल्लाको जुनिचादे गाउँपालिका वडा नम्बर-४ स्थानीय दिपक बहादुर बस्नेतले खानि तथा भुगर्भ बिभागको अनुमति पत्र नम्बर :७१/०७०/७१ मा खानि तथा खनिज पदार्थ एन २०४२ तथा खानि तथा खनिज पदार्थ नियमावलि उत्खनन अनुमति र देशभर निकासी बिक्री बितरण आधिकारिक प्रमाण रहेको छ । तुरमालिन उत्खनन, संकलन र बिक्री बितरण करिब ८/९ बर्ष सम्म काम गर्दै आएका छन् । अहिले जाजरकोट जिल्लाका केहि खानीहरु उत्खनन् र देशभर निकासी खुला रहेको छ ।

तुरमालिनको तिन वटा भिन्न प्रकारमा भित्री भागमा पाइने दरार, इन्कुजनले गर्दा गहना पत्थरमा काम कमै मात्रामा लागेता पनि टुरमालिन औद्योगिक प्रयोजन जस्तै रत्न माला, कस्मेटिक उद्योग, कपडा उद्योग, सेरामिक उद्योग, पानी प्रसोधन उद्योग, रङ्गको उत्पादन उद्योग आदि कामहरुमा प्रयोग हुदै आएको छ । त्यस्ता उद्योगहरु देशमा प्रयाप्त नहुदा अन्तर्राष्ट्रिय स्तरमा माग धेरै रहेको छ भने देश भित्र पनि तुरमालिनको माग बढेको देखिन्छ ।

बिगत ८ बर्षदेखि अन्तर्राष्ट्रिय निकासी बन्द हुँदा खानी ब्यबसायीहरु मारमा परेको समयमा जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको ठाडो निर्देशनमा खानी संचालक दिपक बहादुर बस्नेत माथी दुव्र्यवहार, बलप्रयोग र हतकडि प्रयोग गरि नियोजित रूपमा संकलन केन्द्रमा रहेको १७ सय १४ केजी तुरमालिन नियन्त्रणमा लिएको थियो भने बस्नेतसँग एक्काइस क्विनटल ७० केजीको संकलन पुर्जी खानी तथा भुगर्भ बिभाग र स्थानीय निकायमा कर तिरेको प्रमाण देखिएको थियो ।

कानुनी राज्यले ब्यापारी, ब्यबसायी र जनताको जिउ धनको सुरक्षाको प्रत्याभुति राज्यको दायित्व हो तर महानिरीक्षक सिंहको ठाडो निर्देशनमा युबा उद्यमि तथा खानी संचालक बस्नेत माथी भएको गम्भीर नियोजित घटनाले खानि तथा खनिज संघको ध्यानाकर्षण गराएको देखिन्छ ।

प्रहरीले केहि सोधपुछ र छलफल नगरि म खानि संचालक हो खागजात हेर्नुस् र यो सबै सामान बैधानिक हो भन्दा आफुलाई बल प्रयोग गरि अपराधिक सैलिमा हतकडी लगाई नियन्त्रण लिएको उनको भनाइ छ ।

ब्यबसायी माथी दिन दहाडै हुने प्रहरीको नाङ्गो हस्तक्षेपका कारण राज्य, राज्य ब्यबस्था, प्रशासनिक निकायको ब्यबस्थापन माथी गम्भीर प्रस्न उठेको छ ।


प्रतिकृया दिनुहोस्