
कुवेत, साउन ८- कुवेतमा हृदयघातबाट एक नेपाली कामदारको मृत्यु भएको छ । मोरङ जिल्ला घर भएका ५२ वर्षीय नर बहादुर बिष्ट गत जुलाई १७ तारिखका दिन कोठामा सुतिरहेको अवस्थामा मृत भेटिएका हुन् ।
कुवेतको एस.टि.एस.जी कम्पनीमा कार्यरत उनि रोजगारीको शिलशिलामा कुवेतमा लगभग १ दशक देखि थिए ।
मृतकको शव नेपाल पठाउनका लागि आवश्यक कानूनी प्रक्रिया सुरु भैसकेको कुवेतस्थित नेपाली राजदूतावासले जनाएको छ ।