Hamro Sanchar

प्रचण्डले बाबुरामलाई यस्तो प्रस्ताव गरेपछि….

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ साउन, ५ गते


Advertisement

काठमाडौं, साउन ५- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टी एकता गरी नेकपा समाजवादी केन्द्र बनाउन प्रस्ताव गरेका छन् ।

ललितपुरस्थित एक निजी घरमा नेताद्वयबीच भएको भेटमा अध्यक्ष दाहालले उक्त प्रस्ताव गरेका हुन् ।

पार्टी एकता गरेर समाजवादी केन्द्र बनाउँदा नेकपा (एकीकृत समाजवादी)का नेताहरूसहित एकताको वातावरण बन्ने दाहालको दाबी छ ।

भट्टराईले सुरुमा आफू कम्युनिष्ट पार्टीमा नफर्कने बताए पनि छलफल गरेर अगाडि बढ्ने प्रतिक्रिया दिएका छन् ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले केही दिनदेखि डा. भट्टराईलगायतका नेतासँग निरन्तर भेटघाट भइरहेको र यही क्रममा डा. भट्टराईसँग भेट भएको बताए ।


प्रतिकृया दिनुहोस्