Skip
आज : २०८२ कार्तिक २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

भेरी अस्पतालमा चिकित्सक र नर्सको मनपारी, छड्के जाँच गर्दा भेटियो यस्तो अवस्था !

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ असार, २३ गते


दाङ, असार २३- बाँकेस्थित भेरी अस्पतालमा दुई जना चिकित्सकसहित सात जनाले अग्रिम हाजिरी गरेको खुलेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले बिहीबार अस्पतालमा छड्के जाँच गर्दा दुई जना चिकित्सक सहित चार जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगीले अस्पतालमा अग्रीम हाजिरी गरेको पाइएको हो ।

प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले अस्पतालका डा. सुरेशकुमार नाग, डाक्टर निर्मल शाक्यसहित सात जनाले अग्रिम हाजिरी गरेको पाइएको बताए । डा. शाक्यको हाजिरीको माथि टेप टाँसिएको छ।

त्यस्तै डा. नागले २० गते अस्पतालमा पुगेर असार २९ गतेसम्मको हाजिरी गरेर गएको भेटिएको घटना यसअघि नै बाहिरी सकेको छ । उनले अग्रिम हाजिरी गरेको पाइएपछि अस्पताल समितिले जिल्ला प्रशासन कार्यालय, बाँकेमा कारबाहीका लागि लेखिपठाएको छ। त्यसको बोधार्थ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाइएको छ।

घटना बाहिरीएपछि प्रशासनले अस्पतालमा गरेको आकस्मिक निरीक्षणमा २ सय ९० जना कर्मचारी छड्केकमा परेका छन् । ३ सय ७८ जना कर्मचारी रहेको भेरीमा २ सय ९० जना छड्केमा परेका हुन्।

प्रमुख जिल्ला अधिकारी खत्रीले भेरी अस्पतालमामा केहीले अग्रिम हाजिर गर्नेदेखि हाजिरी नै नगरेको पाइएको बताए । ‘कर्मचारीले मन लागेको बेला हाजिरी गर्ने गरेको देखिन्छ’ उनले भने, ‘केहीले या अग्रिम र केहीले हाजिरी नै गरेका छैनन् ।’

जिल्ला प्रशासन कार्यालयले अग्रिम हाजिरीका विषयमा अस्पताल प्रशासनलाई स्पष्टीकरण सोध्ने जनाएको छ। प्रमुख जिल्ला अधिकारी खत्रीले अस्पताल प्रशासन कमजोर रहेको बताउँदै छड्केमा परेकाहरुलाई विभागीय कारवाहीका लागि मन्त्रालयमा लेखेर पठाइने समेत जानकारी दिए ।


प्रतिकृया दिनुहोस्