काठमाडौं, असार २१- नेपाली कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेका छन् ।
मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको क्याविनेट बैठकमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले अर्थमन्त्री शर्मालाई राजीनामा दिन आग्रह गरेका हुन् ।
बजेट निर्माण प्रक्रियामा अनाधिकृत व्यक्तिको संलग्नता र करको दर हेरफेर गरेको भन्दै मन्त्री शर्माको चौतर्फी राजीनामाको माग उठिरहेका बेला मन्त्रिपरिषद्मा समेत राजीनामा दिनुपर्ने कुरा उठेको हो ।
बैठकमा कांग्रेसका केही मन्त्रीले चौतर्फी रुपमा प्रश्न उठिसकेकाले अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने धारणा राखेका थिए ।