Hamro Sanchar

उठाइयो केएमसीकी कर्मचारीको शव, भयो यस्तो सहमति

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ असार, २० गते


Advertisement

काठमाडौं, असार २०- शनिबार राति मृत फेला परेकी बुद्धनगरस्थित केएमसी स्कुलकी कर्मचारी रमा रायमाझीको शव दुई दिन पछि उठाइएको छ ।

विद्यालय प्रशासन र आफन्तबीच मृतकका परिवारलाई ८ लाख रुपैयाँ दिने सहमतिपछि शव राति नै उठाएको काठमाडौं परिसरका निमित्त प्रमुख एसपी दिनेशराज मैनालीले बताए ।

केएमसी स्कुलको क्यान्टिनमा ५ वर्षदेखि कार्यरत कार्यरत काभ्रेको तेमाल गाउँपालिका–८, मेच्छेकी २१ वर्षीया रमा रायमाझी शनिबार साँझ होस्टलमै झुन्डिएको अवस्थामा भेटिएकी थिइन् ।

मृत फेला परेकी रायमाझीको हत्या भएको भन्दै आफन्तले शव उठाउन दिएका थिएनन् । तर प्रहरीले घटनाको सत्यतथ्य अनुसन्धान हुने र पोष्टमार्टमपछि मात्रै प्रारम्भिक कुराहरु खेल्ने भन्दै पोष्टमार्टमका लागि शव उठाउन दिन आग्रह गरेको थियो ।

शनिबार र आइतबार पनि पटक-पटक भएको छलफलमा राति मानवअधिकार आयोगका अधिकारीसहितको छलफलमा सहमति जुटेको हो । शव त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ ।


प्रतिकृया दिनुहोस्