दोलखा, असार १९- दोलखामा आइतबार भएको बस दुर्घटनामा चालकसहित २२ जना घाईते भएका छन् । काठमाडौंबाट मैनापोखरी जादै गरेको प्रदेश ३–०१–००५ ख ९६९७ नम्बरको यात्रुवाहक बस र काठमाडौं विपरित दिसाबाट काठमाडौं जाँदै गरेको बा३ख ७४६३ नम्बरको बस भीमेश्वर नगरपालिका वडा नम्बर-८ बोचघुम्तीमा दिउँसो १ बजे एकआपसमा ठोक्किएको थियो ।
दुर्घटनामा बस चालक शैलुङ गाउँपालिका वडा नम्बर-३ का ३८ वर्षिया पदम बहादुर श्रेष्ठ गम्भीर घाईते भएका छन् ।
दुर्घटनामा शैलुङ गाउँपालिका वडा नम्बर-२ का ५६ वर्षिय इन्द्र बहादुर तामाङ, बैतेश्वर गाउँपालिका वडा नम्बर-६ नाम्दुका ३३ वर्षिय दिपक तामाङ, बैतेश्वर ७ मार्बुका २६ वर्षिया देवी खड्का, २० वर्षीया शीला श्रेष्ठ, क्षेत्रपा-८ की २६ वर्षिया साबीत्रा बस्नेत र ३० वर्षिया विजय बस्नेत सामान्य घाईते भएका छन् । भने भीमेश्वर नगरपालिका वडा नम्बर-८ बोचका २७ वर्षिया राम बहादुर भुजेल, ५२ वर्षिया गंगा देवी भुजेल, मेलुङ- २ का २५ वर्षिय बाबुराम कार्की, बैतेश्वर ७ का १८ वर्षिय अविषेक नेपाली, रामेछापका ८४ वर्षिय नरबहादुर खड्का, कालिन्चोक गाउँपालिका-३ का ३५ वर्षिय तिर्थ बहादुर थामी, बैतेश्वर गाउँपालिका वडा नम्बर ८ की ४० वर्षिया शोभा भुजेल, २६ वर्षिया बबिता खड्का, ३० वर्षिया शान्ति श्रेष्ठ, बैतेश्वर ७ का २४ वर्षिय जीवन भण्डारी, २१ वर्षिय भुवन खत्री, विगु गाउँपालिका वडा नम्बर-२ का ६३ वर्षिय भक्त बहादुर केसी, गौरीशंकर गाउँपालिका ५ की ४३ वर्षिया साङ्गीमा शेर्पा, ४५ वर्षिया डुक्लुमा शेर्पा, भीमेश्वर नगरपालिका वडा नम्बर-६ चोथाङकी २३ वर्षिया युनु तामाङ घाइते भएका छन् ।
दुर्घटनामा सामान्य घाइते भएका १७ जना सदरमुकाम चरिकोटमा रहेको पशुपति स्मृति अस्पतालमा उपचारपछि घर फर्किसकेको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ ।