Hamro Sanchar

प्रचण्डको प्रतिवेदन : कांग्रेस इमान्दार देखिएन, नेकपा एसले हैसियतभन्दा मढी माग्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ असार, १९ गते


Advertisement

काठमाडौं, असार १९- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी (एस) इमान्दार नदेखिएका बताएका छन् ।

माओवादी केन्द्रको आइतबार कसेको केन्द्रीय कमिटी बैठकमा निर्वाचनको समीक्षा गर्दे दाहालले सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेस निर्वाचनमा ईमान्दार नभएको प्रतिवेदन पेश गरेका हुन् । त्यसैगरी नेकपा एकीकृत समाजवादीले धेरै सीट खोजेको दाहालको प्रतिवेदनमा उल्लेख छ ।

स्थानीय तहको निर्वाचन पछि पहिलो पटक बसेको केन्द्रीय कमिटी बैठकमा दाहालले सत्ता गठबन्धनमा रहेका दलहरुबीच केन्द्रमा भएको जस्तो सहमति स्थानीय तहमा हुन नसकेको बिषय प्रतिवेदनमा प्रस्तुत गरेका छन् । खासगरी नेपाली कांग्रेसको पूरै शक्ति गठबन्धनप्रति इमानदार र गम्भीर नभएको पाइएको दाहालको भनाई छ । त्यस्तै नेकपा एकीकृत समाजवादीले आफ्नो वास्तविक स्थितिभन्दा बढी सिट दावी गरेको र जनता समाजवादी पार्टीले तराई मधेसमा गठबन्धन गर्न अनिच्छुक रहेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी दाहालले प्रतिवेदनमा आगामी निर्वाचनको तयारी र पार्टीले अपनाउनुपर्ने रणनीतिबारे पनि प्रतिवेदनमा उल्लेख गरेका छन् ।


प्रतिकृया दिनुहोस्