काठमाडौं, असार १७- जनता समाजवादी पार्टी (जसपा) ले पार्टीबाट सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाएको छ । पार्टीको कार्यलय सचिव प्रकाश अधिकारीका अनुसार सम्पूर्ण मन्त्रीलाई फिर्ता बोलाइएको हो ।
उनले मन्त्रीहरुलाई फिर्ता बोलाइए पनि नयाँ मन्त्रीको नाम भने तय भइनसकेको जानकारी दिए ।