Hamro Sanchar

कारागारमा कुमारी आमाले जन्माइन् बच्चा, को हो बच्चाको बाबु ?

प्रकाशित : २०७९ असार, ९ गते


Advertisement

काठमाडौं, असार ९- दाङको तुलसिपुर कारागारमा जेल भुक्तान गरिरहेकी एक कुमारी आमाले बच्चा जन्माएकी छिन् । बाँके घर भएकी ३७ बर्षिया कुसुम थापाले असार ६ मा अस्पतालमा बच्चा जन्माएकी हुन् ।

बैंकिङ कसुरमा जेल सजाय काटिरहेकी थापाले शनिबार राप्ती प्रादेशिक अस्पतालमा उनले बच्चा जन्माएकी हुन् ।

दाङको लालमटियामा रहेको ग्रामिण विकास बैंकमा क्यासिएर पदमा कार्यरत रहेको अबस्थामा रकम हिनामिना गरेको भन्दै गएको जेठ २८ गते देखि उनी तुलसीपुर कारागारमा थिइन् । उच्च अदालत तुलसीपुरले बैक रकम हिनामिना गरेको ठहर गर्दै ३० लाख धरौटी तोकेको थियो । ३० लाख तिर्न नसक्ने भएपछि उनी तुलसीपुर कारागारमा छिन् ।

को हो बच्चाको बाबु ?

लालमटिया स्थित बैंकमा काम गर्दा उनको फेसबुकमा एक व्यक्तीसँग चिनजान भयो । उनका अनुसार ति व्यक्ती कांग्रेस डडेलधुराका पूर्व सभापति रघुविर भट्ट थिए । उनीसँग कुराकानी नियमित भइरहयो । त्यसपछि भट्टले बिहेको प्रस्ताब गरे। उनी प्रभावित भइन । त्यसपछि गएको भदौमा काठमाडौंमा उनीहरुको भेट भयो र त्यहाँ शारिरीक सम्बन्ध भएको ति बन्दी बताउछिन् । ‘हाम्रो फेसबुकमा नियमित फोन भइरहन्थ्यो’,उनले भनिन्‘त्यसपछि गएको भदौतिर काठमाडौंमा भेट भयो र त्यहाँ सम्पर्क भएको थियो ।’ त्यहाँ सम्पर्क भएपछि उनको पेटमा बच्चा भयो । बच्चा भएको थाहा पाएपछि भट्टले निरन्तर त्यो बच्चालाई फाल्न भनिरहेका थिए । बिहे गर्छु भनेर आफूलाई बाचा दिएकाले आफूले पेटको बच्चा नफालेको ति बन्दीले बताइन् ।


प्रतिकृया दिनुहोस्