७ मंसिर, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा दिएका छन्।
आज नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय बैठकपछि आयोजित संयुक्त मिडिया ब्रिफिङमा प्रधानमन्त्री शाहले मोदीलाई नेपाल आउन निम्तो दिएका हुन्।
‘सम्पूर्ण नेपाली जनताको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीज्यूलाई नेपाल भ्रमणको निमन्त्रणा दिन चाहन्छु,’ उनले भने।
त्यस अवसरमा प्रधानमन्त्री शाहले भारतीय नागरिकलाई नेपालको धार्मिक तथा पर्यटकीय क्षेत्र मुक्तिनाथ, पशुपतिनाथ, जनकपुर र लुम्बिनीलगायत स्थानको भ्रमण गर्नसमेत आग्रह गरेका छन्।

























