Skip
आज : २०८३ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रियादकाे बिमानस्थालमा २ ब्यालिस्टिक मिसाइल हान्यौँ : हुथी विद्रोही

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, ३० गते


Advertisement

३० कार्तिक, काठमाडौं । यमनको हुथी विद्रोही समूहले साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी दुईवटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको दाबी गरेको छ।

समूहका सैन्य प्रवक्ता याह्या सारीका अनुसार रियादनजिकै रहेको साउदी अरबको पूर्व–पश्चिम तेल पाइपलाइनका दुई पम्पिङ स्टेसनमा समेत ड्रोन हमला गरिएको छ।

तर हुथीको दाबीबारे साउदी अरबका अधिकारीहरूले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्।

यसअघि साउदी नेतृत्वको गठबन्धनले मक्का र मदिनातर्फ अघि बढिरहेका तीनवटा ड्रोन खसालेको जनाएको थियो। गठबन्धनका प्रवक्ता तुर्की अल-मलिकीले हुथी समूहले मक्कालाई निशाना बनाउन खोजेको आरोप लगाएका थिए।


प्रतिकृया दिनुहोस्