२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वकोषाध्यक्ष उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठ प्रहरी नियन्त्रणमा परेका छन्।
प्रहरीले उनलाई शनिबार दिउँसो कीर्तिपुरको पाँगाबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेले पक्राउको पुष्टि गरे पनि कारणबारे खुलाएका छैनन्।
प्रहरी स्रोतका अनुसार विवादित विचौलिया इनम सापकोटासँग महेशको सम्पर्क र बैंकिङ कारोबार देखिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको हो।
प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको बताइएको छ।

























