Skip
आज : २०८३ कार्तिक २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

‘कबड्डी ५’को कमाइ १२ करोड नाघ्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २३ गते


Advertisement

२४ कार्तिक, काठमाडौं । दयाहाङ राई अभिनीत फिल्म ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ले प्रदर्शनको १७ दिनमै १२ करोड ३९ लाख रुपैयाँभन्दा बढी कमाएको छ।

चलचित्र विकास बोर्डका अनुसार फिल्मका ४ लाख ५ हजार ८६४ टिकट बिक्री भएका छन्। कात्तिक ६ गतेदेखि प्रदर्शनमा आएको फिल्मलाई दर्शकको राम्रो साथ मिलेको छ।

रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङसँगै मिरुना मगर, विपीन कार्की र विजय बराललगायतको अभिनय छ।


प्रतिकृया दिनुहोस्