काठमाडौं । इजिप्टको गिजा प्रान्तमा दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा सात जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।
आइतबार राजधानी कायरो र अस्वानबीच सञ्चालनमा रहेको रेलमार्गमा एउटा रेलले अर्को रेललाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो।
ठक्करपछि रेल लिकबाट बाहिरिनुका साथै केही डिब्बा पल्टिएका थिए।
कायरोबाट करिब ५२ किलोमिटर दक्षिणमा भएको दुर्घटनापछि उद्धारकर्मीहरू परिचालन गरिएको छ। क्रेनको सहायताले दुर्घटनाग्रस्त डिब्बा हटाएर रेल
सेवा पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ।
दुर्घटनाको कारण खुल्न सकेको छैन। राष्ट्रपति अब्देल फताह अल–सिसीले घटनाको अनुसन्धान गर्न निर्देशन दिँदै लापरबाही पुष्टि भए दोषीलाई कारबाही गर्न आग्रह गरेका छन्।























