Skip
आज : २०८३ कार्तिक २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

घोप्टेभिरमा फेरि गयो पहिरो, पृथ्वी राजमार्ग ठप्प

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २३ गते


Advertisement

काठमाडौं । धादिङ र चितवनको सीमाक्षेत्रस्थित घोप्टेभिरमा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

कुरिनटार नजिकै आज बिहान सुक्खा पहिरो खसेपछि राजमार्गको दुवैतर्फ सवारी आवागमन रोकिएको हो।

सडक डिभिजन कार्यालय चितवनका अनुसार पहिरो पन्छाउन बिहान ६ः३० बजेदेखि मेसिन परिचालन गरिएको छ। पहिरो हटाउन करिब तीन घण्टा लाग्ने अनुमान गरिएको छ।

सडक अवरुद्ध भएपछि यात्रु तथा सवारी चालकलाई सतर्कता अपनाउन र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।


प्रतिकृया दिनुहोस्