काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा काठमाण्डू गोर्खाजले लुम्बिनी लायन्सको अपराजित यात्रामा पूर्णविराम लगाएको छ।
काठमाण्डूले लुम्बिनीलाई ३६ रनले पराजित गर्दै अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको हो।
यस जितसँगै काठमाण्डूले चार खेलबाट तीन जित र एक हारसहित ६ अंक जोडेको छ।
समान ६ अंक रहेको सुदूरपश्चिम रोयल्सलाई रनरेटमा पछि पार्दै काठमाण्डू दोस्रो स्थानमा पुगेको हो।
























