Skip
आज : २०८३ कार्तिक २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता, तिहारपछि मात्रै सुनुवाइ हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २० गते


Advertisement

काठमाडौं । प्रहरी महानिरीक्षक ९आईजीपी० पदबाट हटाइएका दानबहादुर कार्कीले पुनर्बहालीको माग गर्दै दिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ।

बिहीबार पेस गरिएको रिट आज दर्ता भएको कार्कीका वारेस आभाष रेग्मीले जानकारी दिएका छन्।

रिट दर्ता भए पनि पेसी तोकिएको छैन। सर्वोच्चमा तिहार बिदा सुरु हुने भएकाले मुद्दाको सुनुवाइ तिहारपछि मात्रै हुने भएको छ।

सरकारले बुधबार कार्कीलाई आईजीपीबाट हटाएर मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो।

आफूलाई गैरकानुनी रूपमा पदबाट हटाइएको दाबी गर्दै कार्की अदालत पुगेका हुन्।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय र नवनियुक्त आईजीपी मनोज केसीलाई विपक्षी बनाएका छन्।

सरकारले अर्को पदमा नियुक्त गरेको बहानामा आफूलाई हटाउने निर्णय आधारहीन र बदनियतपूर्ण रहेको जिकिर गर्दै कार्कीले उक्त निर्णय बदर गरी पुनः आईजीपीमा कायम गर्न माग गरेका छन्।

कार्की २०८२ कात्तिक २७ गते आईजीपी नियुक्त भएका थिए। तर कार्यकाल एक वर्ष नपुग्दै उनलाई पदबाट हटाइएको हो।


प्रतिकृया दिनुहोस्