१५ कार्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज एक खेल हुँदैछ।
आज साँझ ५ बजे त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुन लागेको हो।
जनकपुर पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भए पनि दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई हराउँदै जितको लयमा फर्किएको छ। यता पोखरा भने पहिलो खेलमै सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो।
हालसम्मको अंकतालिकामा जनकपुर पाँचौँ स्थानमा रहँदा पोखरा पुछारमा छ। त्यसैले आजको खेल दुवै टोलीका लागि अंकतालिकामा सुधार गर्ने अवसरका रूपमा रहेको छ।























