काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन्।
दिउँसो १२ः३० बजे काठमाडौँ गोर्खाज र जनकपुर बोल्ट्स भिड्दा साँझ ४ः३० बजे विराटनगर किंग्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।
काठमाडौँले आज पहिलो खेल खेल्दैछ भने पहिलो खेलमा कर्णालीसँग १९ रनले पराजित जनकपुर पहिलो जितको खोजीमा हुनेछ। यस्तै, कर्णाली दोस्रो जित निकाल्ने लक्ष्यमा रहँदा विराटनगर पनि पोखरासँगको हारपछि जितमा फर्कन चाहन्छ।































