Skip
आज : २०८३ कार्तिक १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

एनपीएल हेर्न कीर्तिपुरमा शोएब अख्तर, समर्थकलाई गरे अभिवादन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १० गते


Advertisement

काठमाडौं । पाकिस्तानका पूर्व तीव्र गतिका बलर शोएब अख्तर नेपाल प्रिमियर लिग ९एनपीएल०हेर्न कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान पुगेका छन्।

एनपीएलको दोस्रो दिनको दोस्रो खेलको इनिङ्स ब्रेकका क्रममा मैदानमा उपस्थित भएका अख्तरले समर्थकलाई अभिवादन गरेका थिए।

उनले मैदानमा रहेका खेलाडीसँग पनि कुराकानी गरे।

विश्व क्रिकेटमा तीव्र गतिका बलरका रूपमा चर्चित अख्तरको नाममा प्रतिघण्टा १६१.३ किलोमिटरको गतिमा बलिङ गरेको कीर्तिमान छ। उनको यो कीर्तिमानलाई हालसम्म कुनै पनि बलरले उछिन्न सकेका छैनन्।

समर्थकमाझ ‘रावलपिण्डी एक्सप्रेस’ नामले परिचित अख्तरको कीर्तिमानी बलिङ र आक्रामक शैलीले उनलाई विश्व क्रिकेटमा विशेष पहिचान दिलाएको छ।

 


प्रतिकृया दिनुहोस्