Skip
आज : २०८३ आश्विन ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मतदाता सूचीमा ठूलो फेरबदल : १ लाख ८७ हजार थपिए, १ लाख ५८ हजारको नाम हटाइयाे

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ३१ गते


Advertisement

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ ।

गत प्रतिनिधिसभा निर्वाचनपछि एक लाख ८७ हजार ६८६ मतदाता थपिएका छन् ।

उक्त निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ जनाले मताधिकार पाएका थिए ।

आयोगका अनुसार अद्यावधिक गरिएको मतदाता नामावलीमा ९७ लाख ६९ हजार ८२५ पुरुष, ९३ लाख २१ हजार ३३६ महिला र २१४ अन्य मतदाता कायम छन् ।

यो गत चैत २२ देखि भदौ १५ गतेसम्मको विवरण हो ।

आयोगले मृत्यु भएका ४५ हजार ३२२ जनाका साथै दोहोरो नाम भएका, नागरिकता त्यागेका वा रद्द भएकासहित एक लाख ५८ हजार २६४ जनाको नाम हटाएको विज्ञप्ति निकालेर बताएको छ ।


प्रतिकृया दिनुहोस्